Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानाघाट स्टेशनमा गीत गाउने रानूलाई दिए हिमेशले मौका

बलिउडमा जो कोहीको प्रवेश पनि निकै गाह्रो छ । तर केही दिनअघि रेलवे प्लेटफर्ममा गाएको गीत ‘एक प्यारका नगमा हे’ बाट भाइरल भएको रानू मण्डल एकाएक चर्चामा आएकी छिन् ।

इन्टरनेट सनसनी रानू मण्डललाई संगीतकार-अभिनेता हिमेश रेशमियाले बलिउडमा मौका दिएका छन् । रानूको हिमेशसँग रेकर्ड गरेको भिडियो उनले गाएको गीतको भिडियोभन्दा बढी चर्चित भएको छ ।

तर रानूलाई रेलवे स्टेशनबाट उठाएर सिधै बलिउडको गीत दिएका हिमेश रेशमियालाई धेरैले प्रशंसा गरिरहेका छन् । यसमा विशेष कुरा के छ भने अभिनेता सलमान खानका साथी हिमेश रेशमियाले यो काममा सलमान खानलाई क्रेडिट दिन बिर्सिएनन् ।

यो जगजाहिर भएको कुरा हो कि हिमेश रेशमिया सलमान खानको परिवारको तारिफ गर्नबाट कहिल्यै चुक्दैनन् । हिमेशले सधैं आफू संगीतको दुनियाँमा खान परिवारको कृपाले मात्रै टिक्न सकेको बताउँछन् । रानूलाई गीतको अफर दिनु सलमान खानका पिता सलिम खानको एउटा कुराबाट प्रभावित भएको बताए ।

हिमेशले कुराकानीमा भने, ‘सलमान भाइका पिता सलिम अंकलको सल्लाह मेरो लागि निकै फलदायी साबित हुन्छ । उनले एकपटक मलाई जीवनमा कुनै प्रतिभाशाली व्यक्तिसँग ठोक्किए त्यसलाई कहिले पनि खेर जान नदिन सल्लाह दिए ।’ यसैको पालना गर्दै हिमेशले रानू मण्डलको भाइरल भिडियो देखे र उनको गायन शैली देखेपछि कुनै न कुनै बेला उनलाई गाउन लगाउने निर्णय लिए ।

हिमेशले आफ्नै फिल्मको गीत दिए रानूलाई :
रेलवेको एक प्लेटफर्ममा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा हे’ गीत गाएको भिडियो भाइरल भएपछि सोसल मिडियामा चर्चित भएकी रानू मण्डल गायिकाको रुपमा बलिउडमा पदार्पणका लागि तयार छिन् ।

मण्डलको भिडियो २८ जुलाईमा ‘बरपेटा टाउन द प्लेस अफ पीस’ नामको फेसबुक पेजमा साझा गरिएको थियो । यो भिडियोलाई अहिलेसम्म ४० लाख बढीले हेरिसकेका छन् ।

हिमेश रेशमियाले मण्डलसँग ‘तेरी मेरी कहानी’ शीर्षकको गीत रेकर्ड गरेकी छिन् । हिमेशका अनुसार यो गीत उनको आगामी फिल्म ‘ह्पाप्पी हार्डी एण्ड हीर’ मा राखिनेछ ।

रेशमियाले रानूसँग आफ्नो रेकर्डिङको क्रममा बनाएको भिडियो साझा गर्दै लेखे, ‘यदि हामीसँग आफ्नो सपना पूरा गर्ने क्षमता छ भने सबै सपना साकार हुनसक्छ । एक सकारात्मक धारणाले वास्तवमा सपनालाई साकार पार्न सक्छ । तपाईंको प्रेम र समर्थनका लागि धन्यवाद ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्