Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सागरनाथको जङ्गलमा प्रदेश २ सरकारको मन्त्रीपरिषद बैठक

बन र चुरेको संरक्षणप्रति प्रतिबद्ध हुँदै प्रदेश नं. २ स्थित सागरनाथको जङ्गलमा मन्त्रीपरिषदको बैठक बसेको छ । सागरनाथ वन विकास परियोजनाको कार्यालयमा मन्त्रीपरिषदको बैठक सम्पन्न भएको हो ।

बन र चुरेको संरक्षणमा प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्रीपरिषको बैठक सागरनाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

मन्त्रीपरिषदको उक्त बैठकले प्रदेशको आठ वटै जिल्लामा १ सय ९५ हेक्टरमा वृक्षारोपण गर्ने, सागरनाथ लगायतका प्रदेश भित्रका वनहरुको संरक्षण सम्बद्र्धन गर्ने, निगमको नाउ संघीय सरकारले वन फडानी गर्न गरि रहेको प्रपंच विरुद्ध कडारुपमा प्रस्तुत हुने, चुरे संरक्षणका लागि अहिले भइरहेको अनियन्त्रित उत्खननमा तत्काल रोक लगाउने, गैरकानूनी बसोवासलाई नियन्त्रण गर्ने जस्ता निर्णयहरु गरेको प्रवक्ता यादवले बताए ।

त्यसैगरि मन्त्री परिषदको बैठकले प्रदेशका निजामति कर्मचारीहरुलाई प्रोत्साहित गर्न आन्तरिक पर्यटन निर्दे्शिकालाई समेत स्वीकृति प्रदान गरेको छ । सागरनाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा प्रदेश सरकारले आफनो मन्त्री परिषदको वैठक सागरनाथ वनको कार्यालयमा गरेको छ ।

प्रकाशित मिति: Aug 23, 2019

प्रतिक्रिया दिनुहोस्