Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाफलस्थित नमुना प्रगतिशील महिला समाजबाट अवैधानिक रुपमा राखिएको ९ बालबालिको उद्दार

काठमाडौं : काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा द्वन्द्वपीडित अभिभावककका बालबालिकालाइ अवैधानिक रुपमा राखिएको पाइएको छ ।

बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो ।

वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिए । उनले ती बालबालिकाको उद्दार गरिने जानकारी दिए ।

बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै उनले यस विषयमा अनुसन्धान गर्ने जानकारी दिए । उनले भने ‘यहाँ बालबालिकाको अवस्था दयनीय देखियो, उनीहरुको कसैले जिम्मा नलिएको देखियो । जिम्मा लिने संस्था सीडीओ कार्यालयमा दर्ता भएको पनि देखिएन’ केसीले भने, ‘एब्युजको कुरा पनि आएको छ, यो गम्भीर हो’, ‘स्थानीय प्रहरी र वडाध्यक्षलाई बोलाएका छौं, अब उनीहरुको उद्दार गर्छौं’ उनले भने ।

बालबालिकालाई पढाउने भनेर ल्याएको तर पढ्न नपाएको बालबालिकाहरुले बताएका छन् । संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।

बालबालिका राख्ने संस्थाको निश्चित मापदण्ड भए पनि पालना नभएको पाइएको प्रहरी निरीक्षक केसीले बताए ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्