Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहान ११ः४५ मा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै

काठमाडौं :  आज हुन गइरहेको नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जय शंकर नेपाल आउँदैछन् । उनी आज बिहान ११ः४५मा काठमाडौं ओर्लदैछन् । उनी बंगलादेशको ३ दिने भ्रमण पूरा गरेर ढाकाबाट नै नेपाल आउन लागेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा हुन गइरहेको बैठकमा दुई देशका सम्बन्धका सबैजसो पक्षका बारेमा सम्बोधन गर्ने जनाइएको छ । उक्त बैठकमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, उर्जा र जलश्रोत, संस्कृति, शिक्षा र अन्य दुई पक्षीय चासोका विषयहरु एजेण्डाको बारेमा छलफल गरिने जनाइएको छ ।

यस आयोग सन् १९८७ मा स्थापना भएको हो । यसअघिको चौथो बैठक गएको सन् २०१६को अक्टोबरमा नयाँ दिल्लीमा भएको थियो ।

भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उनलाई आज परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोज दिनेछन् । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्