Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरणले लगायो सिम्रिक एयरलाइन्स जहाज उडानमा रोक

काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाज उडानमा रोक लगाइएको छ ।

काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गर्दै आएको सिम्रिकलाई प्राधिकरणले स्वीकृत नगरायएका पाट पूर्जा प्रयोग गरेको भन्दै उडानमा रोक लगाउने निर्णय लिएको हो ।

यसअघि पटक पटक ध्याकर्षण गराउँदा पनि सुधार हुन नसकेको भन्दै उडानमै रोक लगाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यसअघि पनि मनोमानी पाट पूर्जा प्रयोग गरेको पाइएको थियो । अहिले पुन भेटिएपछि रोक लगाएका हौँ’ पोखरेलल भने ।

पाटपुर्जा मनोमानी प्रयोग गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको पोखरेलको भनाई रहेको छ । उडानमा रोक लगाएसँगै सिम्रिकका पाँच वटा जहाज ग्राउण्डेड भएका छन् ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्