Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगर गाउँपालिका घुस्की वडा कार्यालय भवनको शिलान्यास

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिकाले पुर्व घुस्की गाविस हाल हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीमा ७० बर्ष पछि ६ नम्बर वडा कार्यालयको भवन शिलान्यास भएको छ । पहिलाको घुस्की गाविसको आफ्नो सानो भवन भएतापनि केही नेताहरुको विवादका कारण घुस्की बजारमा रहेको छोटी भन्सार कार्यालयको भवनमा वडा कार्यालय संचालन गर्दै आइरहको छ ।

स्थानीय नेताहरूको कारण घुस्की गाविसको भवन संचालन विहिन अवस्थामा रहेको छ। गाउँपालिकाले बहुवर्ष सडक विस्तार गर्दा सो भवन सडकमा परेका छन् । भवन सडकमा परेपछि नेताहरुले भवन हटाउन दिएको छैन । गाविस भवनसंग जोरिएर रहेका केही नेताहरुको आपनत पर्ने नातागोताका व्यक्तिहरुको घर रहेको कारण भवन हटाउन नदिएको स्थानीयहरुले बताएको हो। भवन हटेपछि घर पनि हटाउनु पर्छ भन्ने डरले भवन नहटेपछि सडक निर्माण अबरुद्ध भएको छ।

हरिनगर गाउँपालिका घुस्कीमा निर्माण हुने लागेको उक्त वडा कार्यालय भवन ६ नम्बर वडा कार्यालयले मंगलबार एक भव्य कार्यक्रम आयोजना गरि शिलान्यास गरेको छ। कार्यक्रमको प्रमुख अथिति तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर कार्की ६ नम्बर वडा अध्यक्ष इस्राईल अन्सारी तथा ७ नम्बर वडा अध्यक्ष नसीर खाँले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

कार्यक्रममा प्रमुख अथिति तथा गाउँपालिका अध्यक्ष गफार अन्सारीले हरिनगर गाउँपालिकाले कानून निर्माणदेखि लिएर पूर्वाधार निर्माणसम्मका कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए। वडास्तरमा सेवा केन्द्र सरहका सेवा प्रवाह गर्ने गरी तिनको व्यवस्थापनको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले ‘समृद्ध हरिनगर,सुखी जनताको सङ्कल्प’अनुरुप जनप्रतिनिधिहरु खटेने बताए ।

शिलान्यास कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , उपाध्यक्ष रिमझिम भगत ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर कार्की नेपाली काङ्ग्रेस घुस्कीका सभापति सदरुल अन्सारी , नेकपा जिल्ला सदस्य दिलो आलम, गाउँपालिका योजना प्रमुख रमेश सर्णकार, सब इञ्जिनीयर बिकेश कुमार मेहता, ६ नम्बर वडाध्यक्ष इस्सराईल अन्सारी ७ नम्बर वडाअध्यक्ष नसिर खाँ , ६ नम्बर वडा सदस्य दाबुद अन्सारी, ६ नम्बर वडा सचिव शमिम अन्सारी , एलायन्स नेपाल संस्थाका अध्यक्ष नईम अन्सारी, घुस्की प्रहरी चौकीका प्रमुख, सशस्त्रका प्रहरी बल घुस्की प्रमुख सहित दुबै वडाका वडासदस्यहरु जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियोे । उक्त कार्यक्रम ६ नम्बर वडा सचिव समिम अन्सारीले संचालन गरेको थियो ।

वडा कार्यालय भवन निर्माणका लागि गाउँपालिकाले चालू आवमा वडा कार्यालय भवनको लागि रु २३ लाख १३ हजार ८ सय ४८ रुपैयाको बजेट विनियोजन गरेको योजना प्रमुख सब इञ्जिनीयर बिकेश कुमार मेहताले जानकारी दिनुभयो। उक्त भवन ०७७ साउन १५ गते निर्माण सक्ने गरी निर्माणको जिम्मा अरिम कन्ट्रक्सन निर्माण सेवा प्रालि ठिक्का पाएको छ

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्