Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्गिस्तानविरुद्ध आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं : आजबाट सुरु भएको एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले किर्गिस्तानविरुद्ध पहिलो खेल खेल्दै छ । एभिसीको बी श्रेणीमा रहेका उत्कृष्ट सात टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोह दिउँसो दुई बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटनलगत्तै आयोजक नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल यो खेलमा जितसहित सुखद सुरुवात गर्ने अपेक्षामा छ । किर्गिस्तान जारी प्रतियोगिताको उपाधि दाबेदार टिम हो ।

६ मध्ये चारमा हार सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले किर्गिस्तानसँग ६ भेटमा चारपटक पराजित भएको छ ।

पहिलो सेन्ट्रल जोन ३-१ को सेटमा जित दोस्रो सेन्ट्रल जोन २०७३ सेमिफाइनल ३-१ को सेटमा पराजित (१८-२५, १२-२५, २६-२४ र १०-२५) तेस्रो सेन्ट्रल जोन २०७३ समूह चरणमा ३-१ को सेटमा पराजित (२५-२०, १३-२५, १५-२५ र ११-२५) तेस्रो सेन्ट्रल जोनमा २०७४ प्ले अफ ३-० को सेटमा पराजित (१६-२५, २३-२५ र २०-२५) चौथो सेन्ट्रल जोन २०७५ तेस्रो स्थान ३-० को सेटमा पराजित (२०-२५, २२-२५ र २०-२५) एसियन गेम्स २०७५ वाक ओभरमा जित (२५०, २५-० र २५-०) नेपाली टोलीका प्रशिक्षक सुदेश रिमाल नेपाली खेलाडीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको अवस्थामा किर्गिस्तानविरुद्ध जित निकाल्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्