Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पामा पनि डेङ्गुका बिरामी फेला, स्थानीयवासी त्रसित

पाल्पा : साउन महिनामा मात्र पाल्पामा डेङ्गुका २ बिरामी फेला परेका छन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ ।

घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेङ्गुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवाली बताउँछन् ।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेङ्गु रोगका लक्षण हुन् । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ ।

विशेष गरी गर्मी याममा देखापर्ने डेङ्गुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्