Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं : बहुविवाह सम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ। शिल्पा पोखरेल र छवी ओझविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा परेको थियो ।

शिल्पाले उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै आदेश सदर भएपछि उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन् ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्