Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशमा भीषण आगालागी, ५० हजार बढी बने घरबार विहीन

ढाका :  बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ५० हजारभन्दा बढी मानिसहरु घरबारविहीन बनेका छन् ।

आगलागीबाट १५ हजारभन्दा बढी घर जलेर खरानी भएका छन् । प्लास्टिकका छत भएका अधिकांश घरहरुमा आगो नियन्त्रणमा लिन मुस्किल भएको छ ।

आगलागीबाट केही मानिस घाइते भएका छन् भने अहिलेसम्म कसैको ज्यान नगएको बताइएको छ । आगलागी भएको इलाकामा अधिकांश मजदूरहरुको बस्ती रहेको थियो ।

आगलागी के कारणले भएको हो, यसबारे केही खुलाइएको छैन । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । आगो नियन्त्रणमा लिनका लागि दमकल, प्रहरी र स्थानीयलाई ६ घण्टा भन्दा बढीको समय लागेको थियो ।

आगलागी प्रभावितहरुलाई सरकारले तत्काल राहत र उद्धारको व्यवस्था गर्ने जनाएको छ । आगलागीबाट घरबार विहीन बनेकाहरु रात कसरी बिताउने भन्ने चिन्तामा रहेका छन् ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्