Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोन अब्राहमको ‘बाटला हाउस’ले गर्यो पहिलो दिन नै धमाकेदार सुरुवात

बलिउड अभिनेता जोन अब्राहम स्टारर चलचित्र ‘बाटला हाउस ’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । भारतीय स्वतन्त्रता दिवसको दिन बिहीबारदेखि प्रर्दशनमा आएको चलचित्रले पहिलो दिन १४.५९ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।

अक्षय कुमारको ‘मिसन मंगल’ पनि बिहीबारदेखि नै प्रदर्शनमा आएको छ । यसकारण व्यापारमा केही असर परेको छ । तर पनि समिक्षकहरुले चलचित्रको खुलेर तारिफ गरेका छन् । ‘बाटला हाउस’ जोन अब्राहमको हालसम्मको सबै भन्दा राम्रो ओपनिङ गर्ने चलचित्र बनेको छ ।

निखिल आडवाणीको निर्देशन तथा जोन अब्राहम र मृणाल ठाकुरको मुख्य अभिनय रहेको छ । यस चलिचत्र सन् २००८ मा दिल्लीको जामिया नगर इलाकामा भएको बाटला हाउस इन्काउण्टरको कथामा आधारित छ ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्