Logo
१५ बैशाख २०८१, शनिबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालाजुमा ट्रकको ठक्करबाट बैंकका एक कर्मचारीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ महानगरपालिका-१६ स्थित बालाजुमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका बताए । त्यसपश्चात् उनको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुने नेपाली नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्