Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बुधबार सुनको मूल्यमा गिरावट

काठमाडौं :  नेपाली ग्राहकका लागि खुशीको खबर, आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार रेकर्ड ब्रेक गरी ७१ हजार कायम भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो ।

यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्