Logo
१५ बैशाख २०८१, शनिबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेढ लाख घुससहित पहिलोपटक जननिर्वाचित जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा

काठमाडौं : प्रदेश २ स्थित जननिर्वाचित उक जना जनप्रतिनिधि डेढ लाख घुससहित पक्राउ परेका छन् । महोत्तरी जिल्लाको भँगाहा नगरपालिका-८ का वडाध्यक्ष मोहमद रफिक आलम डेढ लाख घुससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराइदिए वापत वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई पनि पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं ९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

नियन्त्रणमा लिइ सोधपुछ गर्दा वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य कारी साहले अह्राएअनुसार लिएको बयान दिएपछि भँगाहा नगरपालिका-२ स्थित सितापुर चोकबाट वडाध्यक्ष मोरफिक आलम र वडा सदस्य साहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिलाई अख्तियारले नियन्त्रणमा लिएको प्रदेश २ को यो पहिलो घट्ना हो ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्