Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउले तोड्यो सबै रेकर्ड, तोलामा ७१ हजार पुग्यो

काठमाडौं :  सुनको भाउमा एकाएक वृद्धि हुँदै गएपछि सुनले नयाँ रेकर्ड बनाएको छ । आज मंगलबार सुनको भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको हो ।

नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।  यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

यता, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । बिक्रेताको भने भीड लागेको छ । अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्व बजारमा सुन प्रतिआउन्स ०.६४५ १ हजार ५२६.८५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१.०७ डलरसम्म पुगेको थियो ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्