Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तटरक्षक जहाजमा विस्फोटनपछि आगलागी, चालक दलका २९ सदस्यहरु समुद्रमै हाम फाले

भारतको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगलागी भएको छ । भारतीय तटरक्षक बलका अनुसार सोमबार बिहान करिब साढे ११ बजे जहाजमा विस्फोट भएको र त्यसपछि आगो लागेर धुवाँको मुस्लो निस्किएको हो ।

उक्त जहाजमा आगलागी भएपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका हुन् । जहाजमा हाम फालेका २९ जना चालक दलका सदस्यहरु मध्ये २८ जनाको उद्दार गरिएको छ । तर बाँकी एक जना भने बेपत्ता रहेको भारतीय सञ्चारले जनाएका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहेको छ । जहाजमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्