Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली चलचित्रका यी ६ अभिनेत्री जो अभिनयका साथै पढाईमा पनि छन् एकदमै अब्बल

काठमाडौँ :  नेपाली चलचित्र क्षेत्रमा यस्ता केही अभिनेत्रीहरु प्नि छन् जो सौन्दर्यमा मात्र नभई लेखपढमा पनि एकदम अव्वल रहेका छन् । आज हामी ती अभिनेत्रीका बारेमा केही जानकारी दिन गइरहेका छौँ ।

हेर्नुस् कसले कति पढेका छन् :

१. सञ्चिता लुइटेल
उनी नेपाली चलचित्र क्षेत्रमा कुनै समयकी चर्चित नायिका हुन् । जसको अहिले पनि चलचित्रहरुलाई रुचाएको छ । उनले सुपरस्टार निखिल उप्रेतीसगँ विवाह गरेकी हुन् । अहिले उनी २ सन्तानकी आमा भैसकेकी छिन्, सुन्दर नायिका संचिताले पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी हुन् ।

२. केकी अधिकारी
उनी पनि नेपाली चलिचित्र क्षेत्रकी धेरै पढेकी नायिका हुन् । उनले ह्युमन रिर्सोस म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छिन् ।

उनले आफ्नो करियरको सुरुवात चलचित्र “ स्वर“बाट गरे पनि उनलाई मसान चलचित्रले एकाएक चर्चामा ल्याएको थियो । पछिल्लो समय उनको धेरै चलचित्रहरु आइरहेका छन् । त्यसैले केकीले अहिले आफ्नो अभिनय र पढाई दुवैलाइ एकै साथ अगाडि बढाईरहेकी छिन् ।

३. ऋचा शर्मा
उनी पनि नेपाली चलचित्र जगतमा ब्यवस्थापन सकायंमा स्नातकोत्तर गरेकी नायिका हुन् । ३४ वर्षीकी ऋचाले जर्मनी र फ्रान्समा कलकारिताको पनि अध्ययन गरेकी छिन् ।

उनले नेपाली चलचित्र “फस्ट लभ“ बाट डेब्यु गरेकी हुन् । पछिल्लो समय मेरो लभ स्टोरी र हाइवेसँगै थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । उनीद्वारा अभिनित लूट र टलकजंग भर्सेस टुल्के सर्वाधिक रुचाईएको चलचित्र हो ।

४. निशा अधिकारी
उनी पनि नेपाली चलचित्र क्षेत्रमा धेरै पढ्ने नायिकाहरुको सूचीमा पर्छिन् । निशाले अमेरिकाबाट फिल्म र सामाजिक विज्ञानमा स्नातक अध्ययन गरेकी हुन् ।

उनले नेपाली चलचित्र जगतमा मिसन पैसाबाट डेब्यू गरेकी हुन् । तर उनी चलचित्रबाहेक विभिन्न साहसिक कुराहरुमा सहभागी हुन्छिन् । उनले सन् २०१३ मा सगरमाथाको सफल आरोहण पनि गरिन् । उनले क्रिकेटर सरद भेस्वाकरसँग विवाह बन्धनमा बाधिएसँगै एक सन्तानकी आमा बन्न बनिन् । अहिले निशा पति र आफ्नो बच्चासँग अमेरिकामा बस्दै छिन् ।

५. रिमा विश्वकर्मा
रिमाले चलचित्र क्षेत्रमा अंग्रेजी र मास मिडियामा स्नातक गरेकी मोडल हुन् । उनले चलचित्रमा अभिनय गरेर भन्दा पनि कार्यक्रम प्रस्तोता र मोडल बनेर नै धेरै चर्चा कमाएकी छिन् । उनी बहुचर्चित रियालिटी सो नेपाल आइडोलको प्रस्तोता पनि हुन् ।

६. प्रिंयका कार्की
प्रियंका अहिले नेपाली चलचित्र जगतको एकदमै प्रख्यात कलाकार हुन् । उनले अमेरीकाको युनिभर्सिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी छन् ।  उनले नेपाली चलचित्र थ्री लर्वसबाट डेब्यू गरेकी थिइन् ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्