Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा रक्षाबन्धनको रौनक, राखीका लागि ग्राहक कुर्दै महिला

रक्षाबन्धन अर्थात जनैपूर्णिमा, हिन्दू धर्मावलम्बीहरुको एक महान चाड हो ।  यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाइन्छ ।

यस दिनजनै लगाउनेहरु पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्छन् । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई- धुवाई गरेर पूजा पाठ गरिसके पछि पवित्र धागो जसलाई रक्षाबन्धन व रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाईदिने गर्छन ।

त्यसैगरी यसलाई फरक तरिकाले पनि मनाइन्छ जस्तै कि राखीका रुपमा । राखीलाई भाइ र बहिनीबीच प्रेम प्रतीकको रुपमा मानिन्छ । यस दिन दिदीबहिनीले दाजभाइका हातमा राखी बाँधेर टीका लगाइ मिठाइ खुवाउँछन् । दाजुभाइले पनि दिदीबहिनीले बाँधेको राखीस्वरुप केही उपहार अथवा पैसा दिन्छन् र त्यसका साथै बहिनीको सदैव रक्षा गर्ने वचन पनि दिन्छन् ।

राखीको अवसरमा महोत्तरी बजारमा रौनक देखिन थालेको छ । यस चाडपर्वका अवसरमा महोत्तरी बजारमा राखी बिक्रीका लागि ग्राहकको पर्खाइमा व्यापारीहरु पर्खी बसेका छन् ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्