Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युट्युबमा ट्रेन्डिङ्गमा रहेका यी ६ नेपाली चलचित्र, हेरिए करोडभन्दा धेरै पटक

काठमाडौं :  नेपाली चलचित्रमा वर्षेनी कयौँ चलचित्र निर्माण हुने गर्छन् । यी आंकडा वर्षेनी उकालो लागेपनि बक्स अफिसमा भने राम्रो छाप केही फिल्मले मात्र पार्न सक्छन् ।

अधिकांश चलचित्र करोड रुपैयाँभन्दा बढी लगानीमा बन्छन् । केहीले राम्रो सफलता पाएका हुन्छन् भने केही चलचित्रले पोस्टर छापेको पैसा पनि उठाउँदैनन् । गत वर्ष ९४ चलचित्र रिलिज हुँदा आधा दर्जनले मात्रै लगानी सुरक्षित गरे । बाँकी सबै चलचित्रले घाटा बेहोर्नु पर्यो ।

अचम्मको कुरा के छ भने, चलचित्र घरमा एकै दिनमा उत्रिएका चलचित्रले पनि युट्युबमा भने राम्रो भ्युअर्स पाउँछन् । दिनमै १०-१२ लाख सर्च हुन्छन् । निर्माण तथा प्रदर्शन अगाडि प्रचार गरिएका अधिकांश चलचित्र युट्युब च्यानलको नेपाल च्याप्टरमा ट्रेन्डिङमा आउँछन् ।

हलमा प्रर्दशन भएको केही महिनापछि अधिकांश चलचित्र युट्युबमा अपलोड हुने गरेका छन् । युट्युबमा अपलोड गरिएका चलचित्र मध्ये केही चलचित्रले निकै राम्रो भ्युज पाएका छन् । जसमध्ये केही चलचित्र  १ करोडभन्दा धेरैपटक हेरिएका छन् ।

१.  ‘प्रेम गीत’ युट्युबमा धेरै हेरिएका मध्यको एक चलचित्र हो । सुदर्शन थापाको कथा तथा निर्देशन रहेको यो चलचित्र १ करोड ८१ लाख पटक सर्च भइसकेको छ । प्रदीप खड्का र पूजा शर्मा ‘प्रेम गीत’का मुख्य कलाकार हुन् ।

‘चलचित्र प्रेम गीत-२’ पनि युट्युबमा एक करोडभन्दा धेरै पटक हेरिएको चलचित्र हो । रामशरण पठकले निर्देशन गरेको चलचित्र चलचित्र प्रेम गीत-२’ लाई १ करोड ११ लाखभन्दा धेरै पटक खोजी गरिएको छ । प्रदीप खड्का र अश्लेषा ठकुरी ‘चलचित्र प्रेम गीत-२’मा मुख्य भूमिकामा छन् ।

२. ‘छक्का पञ्जा’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी र प्रियंका कार्की मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा’ १ करोड ६४ लाखभन्दा धेरै पटक युट्युबमा सर्च भइसकेको छ ।

३. ‘झोले’ चलचित्र पनि युट्युबमा करोडभन्दा माथि हेरिएको चलचित्र हो । दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको उक्त चलचित्रमा दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । यो चलचित्र १ करोड ११ लाखभन्दा धेरै पटक हेरिएको चलचित्र हो ।

४.  ‘हामी तीन भाइ’ यो चलचित्र पनि युट्युबमा करोडभन्दा धेरैपटक हेरिएको चलचित्र हो । राजेश हमाल, निखिल उप्रेती, श्रीकृष्ण श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । शिव रेग्मीले निर्देशन गरेको यो चलचित्र युट्युबमा १ करोड दुई लाख पटक खोजिएको चलचित्र हो । सेलुलाइडमा निर्माण भएर युट्युबमा करोड पटक हेरिने यो एक मात्रै चलचित्र हो यो ।

५.  ‘नाईं नभन्नु ल-५’ करोडभन्दा धेरै पटक हेरिएको चलचित्र हो । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र एक करोड १८ लाख पटकभन्दा धेरैपटक युट्युबमा खोजी गरिएको छ । स्वस्तिमा खड्का र अभिसेक नेपाल ‘नाईं नभन्नु ल–५’ मा मुख्य भूमिकामा छन् ।

विकासराज आचार्यकै निर्देशन रहेको चलचित्र ‘नाईं नभन्नु ल-४’ पनि करोड माथि हेरिएको चलचित्र हो । प्रियंका कार्की, आँचल शर्मा, पल शाह, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र एक करो ३८ लाखभन्दा धेरै पटक युट्युबमा सर्च भएको छ ।

६. ‘ए मेरो हजुर-२’ झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर-२’ १ करोड ३३ लाखभन्दा धेरै पटक युट्युबमा खोजिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँ यो चलचित्रका मुख्य कलाकार हुन् ।

 

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्