Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा कार्यालयमा तोडफोड, घट्नास्थलमा भेटियो विप्लवकाे पर्चा

चितवन : चितवनको इच्छाकामना गाँउपालिका वडा न २ को कार्यलयमा अज्ञात समुहले तोडफोड गरेका छन् । वल्याङमा रहेको सो वडा कार्यालयमा गएराति तोडफोड भएको गाँउपालिका अध्यक्ष गिता कुमारी गुरुङले बताइन् ।

घट्नास्थलमा विप्लव नेकपाको पर्चा फेला परेको छ । घटनास्थल ईलाका प्रहरी कार्यलय मुग्लीनबाट २, ३ घन्टाको दुरीमा पर्छ । विहान खवर पाएपछि इप्रका मुग्लिनबाट प्रहरीको टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । टोली पुगेपछि थप विवरण आउने प्रहरी प्रवाक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए ।

गुरुङका अनुसार कार्यालयको कुर्सी लगायतका सामाग्रीहरु बाहिर निकालेर फालीएको, कार्यलयका महत्वपुर्ण कागजातहरु च्यातेर छरीएको अवस्थामा रहेको छ ।

बुधवार विप्लव नेकपाले आव्हान गरेको बन्दका कारण सवारी आवगमन केहि पातलो देखिएपनि जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्