Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको मृत्युमा आठ तलाबाट खसेको कुरा शंकास्पद

काठमाडौं : नेपाली कांग्रेसका गण्डकी प्रदेश स्थित पर्वतका सचिव ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको रहस्यमय मृत्युप्रति पार्टी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । साउन १२ गते माछापोखरीस्थित हिमालय सिटी सेन्टरमा श्रेष्ठको मृत्यु भएको थियो ।

उनको मृत्यु हुनासाथ अनुसन्धान नगरीकन र पोस्टमार्टमसमेत नभएको अवस्थामा प्रहरीको हवाला दिँदै आत्महत्या हो भनेर सम्प्रेषित समाचारप्रति उसले आपत्ति व्यक्त गरेको छ ।

घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटनास्थलमा रगतसमेत नदेखिनु, शरीरको कुनै पनि भाग चोटपटक र अंगभंग नहुनुजस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो घटनाको संवेदनशीलताका साथ यथार्थ छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । पशुपति आर्यघाटमा सोमबार उनको दाहसंस्कार गरिएको थियो । पार्टीका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । कांग्रेस केन्द्रीय पदाधिकारी एवं सदस्य, जिल्लाका नेतालगायत आर्यघाट पुगेका थिए। श्रेष्ठ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्