Logo
१३ बैशाख २०८१, बिहीबार
(July 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतै कुवाको पानी भर्दै उपभोक्ता, कतै पर्यटकलाई स्वागत गर्दे गाँउले, कँहि भेटी गन्दै प्रतिनिधि (फोटोफिचर)

सोमवार देशभरबाट थरी–थरीका बिभिन्न रोचक तस्विरहरु सार्वजनिक भएको छ । कतै कुवाको पानी भर्दै उपभोक्ता देखिएका छन् भने कतै आन्तरिक पर्यटकलाई स्वागत गर्दे गाँउलेको फोटो सार्वजनिक भएको छ ।

कतै मोटरमार्गको स्तरोन्नति गर्दै देखिएका छन् भने कतै बोलबम मेलामा भक्तजनको भिड देखिएको छ ।

हेर्नुस् फोटोफिचर :

साउने सोमबार शिवजीको महिमा पोखराको फेवाताल किनारामा रहेको केदारेश्वर महादेव मन्दिर परिसरस्थित शिवलिङ्गमा बेलपत्रसहित गाईका दूध चढाउँदै ७नतसद्धालु भक्तजन । तस्वीरः हरि बाँस्तोला
पोखराको फेवाताल किनारास्थित केदारेश्वर महादेव मन्दिरमा सोमबार पूजा गर्न लामबद्ध भएर बसेका भक्तजन । सोमबार भगवान शिवको आराधना एवम व्रत बस्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्वीरः हरि बाँस्तोला
तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा साउनको दोस्रो सोमबार बोलबम मेलामा सहभागी हुन आएका भक्तजन । प्रत्येक महिनाको सोमबार देवघाटमा पूजाअर्चना र स्नानका लागि देशका विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन । तस्वीर ः कृष्ण न्यौपाने
उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल कार्गो व्यबसायी संघको २५ औँ वार्षिक समरोहलाई सोमबार काठमाडौँमा उदघाटन गर्दै । तस्बिर : रोशन सापकोटा,रासस
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सङ्कलन भएको भेटी गन्दै मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि । गत विसं. २०७५ साल असार–१ गतेदेखि विसं. २०७६ साल असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सङ्कलन भएको हो । तस्वीर : केदार मगर
चितुवाको आक्रमणबाट आइतबार राति घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार हँुदै । चितुवाको आक्रमणबाट सुनुवारको घाँटी र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
तस्वीर : कृष्ण न्यौपाने
जाजरकोट – डोल्पा सडक खण्डको रुकुम आठबिसकोट नगरपालिकाको बाँके खोलामा पुल नहुँदा यात्रुबाहक बस जोखिम मोलेर खोला तर्दै । तस्वीर : हेमन्त केसी
घोराही उपमहानगरपालिका कृषि शाखाले सोमबार नगरप्रमुख उपप्रमुखको सहभागितामा नगरभित्रका किसानलाई फलफूलका बिरुवा वितरवण गरेको छ । घरको बगैँचा र व्यावसायिक फलफूल खेतीको लागि आँप, लिची, कागतीका करीव ५ हजार बिरुवा वितरण गरेको हो । तस्वीर : रीता लामा
सिँचाई सुविधा नहुँदा तुलसीपुर–१० मा रहेको खेती योग्य जमिन बाझै । साउन महिनाको आधा लाग्नै लाग्दा पनि खेतहरु उपर्युक्त सिँचाइ नहुँदा बाझै रहेका छन । तुलसीपुर उपमहानगरपालिकाले भने बाँझो जमिन राख्न नपाउने नीति अगाडी सारेको छ । तस्वीर : बालाराम खडका
कमलविनायक–तेलकोट–नगरकोट सडक बिस्तार शुरु भएको ६ वर्षसम्म पनि नबन्दा दैनिक सवारी दुर्घटना हुने गरेको छ । आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यो सडकको स्थलगत अध्ययन गर्नुअघि खरिपाटीमाथि यसरी कार दुर्घटना भएको दृश्य देखियो
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका ६ स्थित गोरखनाथ डाँडाबाट देखिएको पुरानो पनौती बजारको दृष्य । तस्वीर : मीना घोरसाइने
तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–लामागाउँ मोटरमार्गको स्तरोन्नति गर्दै । आव ०७बmउस५–०७बmउस६मा उक्त मार्गको स्तरोन्नतिका लागि शुक्लागण्डकी नगरपालिकामार्फत रु. ६० लाख र प्रदेश मार्फत रु. ५० लाख विनियोजन भएको हो । तस्वीर : सानेबहादुर नेपाली
विराटनगर महानगरपालि–१ स्थित एक घरबाट रु १३ लाख ५० हजार चोरी फरार रहेका मोरङको कटहरी गाउँपालिका –१ बस्ने सुरज कामतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गर्दै । तस्वीरः सौजन्य-जिल्ला प्रहरी कार्यालय मोरङ
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले गरेको ड्रागन खेती । दाङमा पहिलो पटक यो खेती गरिएको हो । तस्वीर : दीपक बोहरा
दाङ तुलसीपुर उपमहानगरपालिका–. ३ निवासी ऋषि परियारले दुबैखुट्टा माथि राखेर एक मिनेटमा ६० पटक …पुसअप’ गरेर विश्व कीर्तिमानी तोडदै । यसअघि ५१ पटकमात्रै पुसअप भएकाले उक्त रेकर्ड तोडन सोमबार तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तयार पारिएको सोही भिडियोलाई गिनिज बुकको कार्यालयमा पठाउने तयारी छ । तस्वीर : दीपक बोहरा
अष्ट्रेलियाबाट शतप्रतिशत बोर जातको बोका व्यावसायिक पशुपालन कृषकलाई आइतबार हस्तान्तरण गर्दै भिमाद नगरपालिकाका नगरप्रमुख इमानबहादुर थापा र प्रशासकीय अधिकृत थमनसिं थापा । तस्वीर : सानेबहादुर नेपाली
डोटीको सायल गाउँपालिकास्थित भेलछडा झरना । भेलछडाको पानी पश्चिम चौकी ल्याउने वर्षौ पहिले योजना बनेपनि अहिलेसम्म ल्याउन सकिएको छैन । तस्वीर : विमलबहादुर विष्ट

प्रकाशित मिति: Jul 29, 2019

प्रतिक्रिया दिनुहोस्