Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कँही आधुनिक मिसिनबाट किसान मकै रोप्दै, कतै नाङ्लो बिक्री गर्न ग्राहक कुर्दै (हेर्नुस् फोटोफिचर)

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको राजपुर गाउँपालिका– ५ सोनपुरुवामा ज्वार प्लान्टबाट मकै रोप्दै किसान । आधुनिक मिसिनबाट काम हुन थालेपछि किसान हर्षित भएका छन् । तस्वीर : दीपक बोहरा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत प्रदेश ५ स्थित दाङको राजपुर गाउँपालिका– ५ सोनपुरुवामा ज्वार प्लान्टबाट किसानले मकै रोप्न थालेका छन् ।

शुक्रवार राससले सार्वजनिक गरेको अर्को तस्विर प्रदेश ४ का जिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा बन्दीपुर गाउँपालिका–२ की सनिमाया भुजेल र रामकुमारी भुजेलले नाङ्लो बिक्री गर्न ग्राहक कुर्दै गरेको तस्वीर पनि उतिकै चर्चा बटुलेको छ ।

हेर्नुस् थरी-थरीका फोटोफिचर : 

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवीको मन्दिर भित्र रहेको देवीको मूर्ति र घण्ट देखाउँदै पुजारी टोपबहादुर सारु । यस मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट बज्ने स्थानीयवासी बताउँछन । तस्वीर: कृष्ण न्यौपाने
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा कान्तिपुर सिटी कलेजले काठमाडौँमा शुक्रबार आयोजना गरेको प्रदर्शनी अवलोकन गर्दै । प्रदर्शनीमा सूचना प्रविधि, इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनालगायत सामग्री राखिएका छन । तस्बिर : रोशन सापकोटा
कास्कीको अन्नपूर्ण गाउँपालिका–७बmउस लान्द्रुककी सुत्केरी निषाकुमारी थापाको अत्याधिक रक्तस्राव भई शुक्रबार बिहान मृत्यु भएपछि चिकित्सकको लापरवाहीले घटना घटेको भन्दै पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृतकका आफन्त र सुरक्षार्थ खटिएका सुरक्षाकर्मी । तस्वीर: कृष्ण दवाडी
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा नाङ्लो बिक्री गर्न ग्राहक कुर्दै बन्दीपुर गाउँपालिका–२ की सनिमाया भुजेल र रामकुमारी भुजेल । तस्वीर : कृष्ण न्यौपाने
डोल्पाको जुफाल–माजफाल लहारा सडकखण्ड अन्तर्गत कच्चीसडक हिलाम्मे भएर यातायातका सवारीसाधन गुड्न नसकेपछि सडकको हिलो पन्छाउँदै प्रहरी । तस्वीर : हेमन्त केसी
बागलुङ, १० साउन (रासस) जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेको सुख्का पहिरो पार गर्दै यात्रुबाहक बस । वर्षाका कारण जुनसुकै बेलामा पनि पहिरो बाटोमा आउन सक्ने हुनाले यात्रा निकै जोखिमपूर्ण रहेको छ । तस्वीरः खेमराज गौतम
तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीस्थित गन्धर्व समाजको भवन निर्माणका लागि समाजका अध्यक्ष पदमबहादुर गन्धर्वलाई रु ५० हजार सहयोग गर्दै सांसद कृष्णकुमार ७नतसेष्ठ । आफुले पाउने तलब भत्ताबाट जिल्ला रहेका सामाजिक सङघसंस्थालाई सहयोग गर्दै आउनुभएको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस
दाङ कृषि सामाग्री लिमिडेट तुलसीपुर शाखा कार्यालयले रासायनिक युरिया मल जिल्लामा अभाव भएपछि शुक्रवार १२० टन यूरिया मल ल्याएर गोदाम गर्दै । तस्वीर : बालाराम खडका
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको राजपुर गाउँपालिका– ५ सोनपुरुवामा ज्वार प्लान्टबाट मकै रोप्दै किसान । आधुनिक मिसिनबाट काम हुन थालेपछि किसान हर्षित भएका छन् । तस्वीर : दीपक बोहरा
इलामको ढसली गाउँपालिका– १ स्थित कमल खोलाले कटान गरेर बगर बनाएको जग्गा देखाउँदै रनमाया स७३ण्घढसवेदी । रोपिएको धानखेत बगर बन्यो, सबै जग्गा खोलाले लग्यो, अब के खाने ७तिस परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।
मनरा सिस्वा नगरपालिकामा रहेको विद्यालय जादै गरेका बालबालिका । वर्षाका कारण आएको वाढिले अधिकांश बाटोमा पानी जमी बाटो अवरुद्ध भएपछि यहाँका स्थानीय बालबालिकालाई विद्यालयजान कठिनाइ भएको छ । तस्वीर : धनवीर महतो
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा कान्तिपुर सिटी कलेजले काठमाडौँमा शुक्रबार आयोजना गरेको प्रदर्शनी अवलोकन गर्दै । प्रदर्शनीमा सूचना प्रविधि, इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनालगायत सामग्री राखिएका छन । तस्बिर : रोशन सापकोटा
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा एकापसमा ठोक्किएको बस र ट्रक । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना ८ ख ६०५८ नं को यात्रुवाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २८९५ नं को मालवाहक ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन । तस्बीर : हीरालाल गुरुङ

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्