Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यम उमेरकी महिलाको जीवनमा आधारित वेब सिरिज लिएर आउँदै अनुष्का शर्मा

मुम्बई :  बलिउड अभिनेत्री अनुष्का शर्मा केही महिनायता फिल्मी पर्दामा देखिएकी छैनन् । २०१८ मा उनलाई पछिल्लो समय फिल्म जिरामा एक अशक्त वैज्ञानिकको भूमिकामा देखिएको थियो । त्यसपश्चात् उनले कुनै पनि चलचित्र सााइन गरेकी छैनन् ।

उनी हाल चलचित्रबाट ब्रेक लिएर श्रीमान् विराट कोहलीसँग समय बिताइरहेकी छिन् । तर अब अनुष्का शर्माले छिट्टै नै पर्दामा देखिने भएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनुष्का शर्माले आफ्नो प्रडक्शन हाउस क्लीन स्लेट फिल्मको व्यानरमा वेब सिरिज लिएर आउँदैछिन् । वेब सिरिजले एक मध्यम उमेरकी महिलाको जीवनमा आधारित छ, जसले गल्तिले कुख्यात माफिया लिडरलाई मारिदिन्छिन् ।

जसो तसो समय बित्छ, उनी अन्डरवर्डको अपराधिक र राजनीतिक संसारमा फस्दै जान्छिन्। यो सिरिज नेटफिल्क्समा प्रदर्शन हुनेछ । सिरिजलाई अतुल मोंगिया, तमाल सेन र अमित व्यासले लेखेका हुन् ।

 

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्