Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्योति मगरको मैथिली गित ‘कानोमे आँहाके झुम्का’ सार्वजनिक(भिडियो सहित)

काठमाडौँ :  चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गित कानोमे आँहाके झुम्का सार्वजनिक भएको छ ।

दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन बिस्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकि चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गित ‘कानोमे आँहाके झुम्का’ भर्खरै मात्र आरजे म्युजिक प्रोडक्सन यÞुट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्