Logo
१५ बैशाख २०८१, शनिबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतको जीवनीमा बन्ने फिल्ममा परदेशी शाहको मूख्य भूमिका

काठमाडौं :  केही समय अघि मात्रै राजनीतिक मूलधारमा प्रवेश गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको जीवनीमा आधारित फिल्म बन्ने भएको छ । उक्त फिल्मको नाम ‘डा. सीके राउत’ भनी राख्ने भएको छ । यो फिल्म ५० प्रतिशत सीके राउतको जीवनीमा आधारित हुनेछ भने ५० प्रतिशत काल्पनिक हुने निर्माण टिमले जनाएको छ ।

सीके राउतको उपस्थितिमा बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिइएको थियो । माँ राधिका इन्टरनेशनल मुभिजले चलचित्र निर्माण घोषणा गर्दै केक काटेको थियो । टिजर समेत सार्वजनिक गरिएको यो फिल्म आउँदो छठमा रिलिज हुने जनाइएको छ । कार्यक्रममा आधाभन्दा बढी सीके राउतका पार्टीका कार्यकर्ताहरु उपस्थित थिए ।

सन्तोष साहको निर्देशनमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिने परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने भएका छन् । परदेशीले पर्दामा सीके राउतको भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने बताए । यस्तै चलचित्रमा परदेशीका अलावा ध्रुब कोइराला, पुकार भट्टराई,बिशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहने जनाइएको छ ।

फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् भने रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने छ । चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। यो चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने र अङ्ग्रेजी उपशीर्षक समेत राखिने जनाइएको छ । झण्डै डेढ करोडको लागतमा फिल्म बन्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्