Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्दारमा सक्रिय डिएसपी राबल, जनप्रतिनिधि मौन

सिरहा : अविरल बर्षाका कारण लाहान नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरी बल लहानका निकै ठूलो क्षेती पुर्याएको प्रमुख डिएसपी प्रेम बहादुर राबलले बताएका छन् ।

बर्षा सँगै बढेको खोलाले उक्त नगरपालिकामा पर्ने मुसहर बस्ती डुवानमा परेका थिए ।

सो क्षेत्रमा डुवानका कारण स्थानीयहरु समस्यामा परे संगै डिएसपी राबलले उद्दार तथा राहतमा निकै सक्रिय बनेका थिए ।

सशस्त्र प्रहरी बल लहान प्रमुखमा रहेको सक्रिय डिसपीले बिहानै देखि बाढी पीडित क्षेत्रमा अवलोकन गर्दै त्यस स्थानमा उद्दारका लागि अपनाउन सकिने उपायहरुका वारेमा छलफल गरेका थिए ।

निकै बिपत्ति परेका वेला आफ्नो दुखमा सामेल हुनका लागि डिएसपी राबल लाई आफ्नो अगाडी देख्दा स्थानीयहरुले निकै राहत महसुस गरेको स्थानीय सुरेश खतबे, अनिल खतबे ,सरोज पासवान , सुनिता सदाय, सुनिता खतबेले बताए ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्