Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढि प्रभावित क्षेत्रको अनुगमनमा राजेन्द्र महतो, राहत र उद्दारका लागि कार्यकर्तालाई परिचालन

जनकपुर : निरन्तरको वर्षा र पहिरोका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राजनीतिक दलले राहत र उद्दारका लागि आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन् ।

प्रदेश २ स्थित धनुषा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतो हिजो धनुषाको विभिन्न बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

धनुषामा बाढि प्रभावित क्षेत्रमा महतो आफनो कार्यकर्ताहरुको साथमा अनुगमन गरेका छन । धनुषामा बाढिबाट धनुषा निकै प्रभावित भएका छन् । विशेष गरेर ग्रामीण क्षेत्रमा अत्याधिक प्रभाव परेको देखिन्छ ।

निरन्तर परिरहेको पानीका कारण पहाडी र तराई क्षेत्रका नागरिक सबैभन्दा बढि प्रभावित भएपछि विभिन्न राजनीतिक दलले आफ्ना विभिन्न संघ संगठनलाई प्रभावित क्षेत्रमा परिचालित गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले प्रभावित क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन दिइएको बताउनुभयो । यस्तै नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बाढी, डुबान र पहिरोले प्रभावित ४० जिल्लामा आफू मातहतका सङ्गठनलाई परिचालन गरिएको बताउनुभयो ।

प्रभावित क्षेत्रमा अन्य दलले पनि आफ्ना संघसंगठनलाई परिचानल गर्दै उद्दार र रातहमा खटाएको छ । समाजवादी पार्टी नेपालले भने प्रभावित क्षेत्रमा आफ्ना कार्यकर्तालाई खाद्यान्न सामग्री सहित उद्दारका लागि खाटाएको छ ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालले पनि आफ्ना कार्यकर्तालाई भएकै स्थानबाट उद्दार र राहतमा खटिन निर्देशन र आग्रह गरेको छ । एक स्थानबाट अर्को स्थानमा गएर उद्दार गर्ने अवस्था नरहेकोले भएकै स्थानबाट उद्दार कार्यमा खटिन सबैलाई निर्देशन दिइएको विभिन्न राजनीतिक दलले जनाएका छन् ।

फोटोफिचर : 

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्