Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारसको अर्धशतकमा नेपालले जित्यो मलेसियाविरुद्धको पहिलो खेल

मलेसियामा जारी टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपालले जीत हासिल गरेको छ । शनिबार बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए । ४९ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्राहार गरेका थिए । यसैगरी कप्तान फाइजले ४५ रन योगदान गरे । बलिङतर्फ मलेसियाका अनुवर रहमानले २ विकेट लिए ।

त्यसैगरी, १२९ रनको लक्ष्य पन्छ्याउँदै गरेको नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले ३ विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले २ २ तथा सोमपाल कामीले १ विकेट लिए ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्