Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई ३ लाखको क्षतिपूर्ति दिने

जनकपुर :  देशभर आएको बाढीपहिरोका कारण धेरैले ज्यान गुमाइसकेका छन् अझ कति त बेपत्ता रहेका छन् । यो कुरालाई मध्यनजर गर्दै प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप रु ३/३लाख दिने निर्णय गरेको छ ।

प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश २ का प्रभावित जिल्लामा तत्काल १०-१०लाख रुपैया निकासा गरी त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले हेलिकप्टर, सेना, प्रहरी ,सशस्त्र प्रहरी लगायतलाई उद्दार र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्