Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब परिणिती चोपडाले सेलिब्रेटी क्रशका रुपमा लिइन् सैफको नाम

अभिनेत्री परिणीति चोपडा अहिले आफ्नोे फिल्म ‘जबरिया जोडी’को प्रोमोशनमा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ रहने अभिनेत्री हुन् ।

मिडिया रिपोर्टका अनुसार उनी आफ्नो नयाँ फिल्मलाई लिएर पनि निकै चर्चामा छिन् । उनको यस फिल्म हलिउड थ्रिलर फिल्म ‘द गर्ल अन द ट्रेन’ को आधिकारिक रिमेक हो । यस फिल्मको मुख्य भूमिकामा एमिली ब्लंट देखिएकी थिइन् । उक्त फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको हुनाले यस फिल्मकोा आधिकारिक रिमेक बन्न लागेको ओ र फिल्मले पनि त्यस्तै राम्रो प्रतिक्रिया पाउने अभिनेत्री परिणीतिले आशा राखेकी छिन् ।

अभिनेत्री परिणीतिलाई सोसल मिडियामा फ्यानहरुले सवाल जवाफको सेसन राखेको थियो । जहाँ परिणीतिलाई आफ्नो सेलिब्रेटी क्रशको नाम सोधिएको थियो । उक्त प्रश्नको जवाफ फर्काउँदै परिणीतिले आफ्नो सेलिब्रेटी क्रश अभिनेता सैफ अली खान भएको बताएकी छिन् । त्यसो त, परिणीति चोपडा र सैफ अली खानलै अहिलेसम्म कुनै पनि फिल्म गरेका छैनन् ।

अहिले उनी आफ्नो हलिउड फिल्म, सायना नेहवालको बायोपिक र जबरिया जोडी फिल्मका कारण चर्चामा छन् । भर्खरै परिणीति र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘जबरिया जोडी’को ट्रेलर रिलिज भएको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्