Logo
July 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरलाई संघीय सरकारले हेर्ने दृष्टि फरक छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले करोडौं हिन्दुको आस्थाको केन्द्र जनकपुर भए पनि संघीय सरकारले हेर्ने दृष्टि फरक भएको गुनासो गरेका छन् ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनकपुरका पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा संघीय सरकारले बेवास्ता गरिदै आएको बताउँदै उक्त गुनासो गरेका हुन् ।

मुख्यमन्त्री राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भने, ‘यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर छ।’ रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई नेपाल-भारत बीचको सम्बन्धसमेत कायम राख्ने राउतको भनाई छ ।

‘रामायण सर्किट निर्माण भएपछि करोडौं बाह्य पर्यटक नेपाल र भारत सम्भावना रहेकाले भौतिक पूर्वाधार निर्माणमा अग्रसर हुन दुवै देशका शासकसँग आग्रह गर्दछु’, मुख्यमन्त्री राउतल भने, ‘रामायण सर्किटले त्रेता युगीन सभ्यताको झ-झल्को समेत दिन्छ।’

कार्यक्रममा भारत सरकारको पूर्वमन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए। उनले रामायण सर्किटको निर्माण भएपछि नेपाल र भारत दुबै देशको आर्थिक विकासमा सघाउ पुग्ने र सम्बन्ध पनि स्थापित रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा रामवतार शर्माले जनकपुरमा पर्यटकलाई आकर्षित गर्ने खालको होटल, सडक र सुरक्षा लगायतका अभाव देखिएको बताए ।

जानकी मन्दिरको प्रचारप्रसार गर्न नपाउँदा बाह्य पर्यटक अपेक्षाअनुसार आउन नसकेको मुख्यमन्त्री राउतको भनाई थियो ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार १६:४६

प्रतिक्रिया दिनुहोस्