Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्जरमा जाने प्रतिवद्धता जनाउने वाणिज्य बैंकको संख्या १५ पुग्यो

काठमाडौं : मर्जरमा जाने प्रतिवद्धता जनाउने वाणिज्य बैंकको संख्या १५ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको विग मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दै गर्दा बैंकहरूले मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन थालेका हुन् ।

गत शुक्रबारसम्म ६ वटा बैंकले मात्रै मर्जरको प्रतिवद्धता जनाएकोमा आइतबारसम्म थप ९वटा बैंकले मर्जरको लागि प्रतिवद्धजता जनाएको राष्ट्र बैंकले जनाएको छ ।

अहिलेसम्म दुईवटा वाणिज्य बैंक मर्जर हुने गरी एउटा सम्झौता भएको छ भने दुई वाणिज्य बैंकले विकास बैंक प्राप्ति गर्ने सम्झौता गरेका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार हालसम्म १५ वटा वाणिज्य बैंक मर्जर जान प्रतिबद्धता भएको पत्र राष्ट्र बैंकमा बुझाएका छन् भने सोमबार साझसम्म केही थप हुनसक्ने जनाएको छ ।

प्रवक्ता निरौलाका अनुसार हालमसम्म सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रतिवद्धता बुझाएका हुन्। ग्लोवल बैंक जनता बैंकसँग मर्जर गर्ने सहमति गरिसकेको छ भने प्राइम बैंकले कैलाश विका बैंक प्राप्ति गरी मर्जरको लागि अर्को पनि बैंकसँग छलफल चलाएको छ ।

त्यस्तै सिटिजन बैंकले सहयोगी विकास बैंक प्राप्ति गर्ने सम्झौता गरेको छ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्