Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बलरसामु टिक्न सकेन मलेसिया, ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं :  मलेसियामा जारीे एसीसी यु-१९ इस्टर्न रिजनको सेमिफाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको झिनो लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

उपाधिका लागि नेपालले सिंगापुर र हङकङबीच भइरहेको सेमिफाइनलको विजयी टोलीसँग मंगलबार फाइनलमा भिड्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ ।

नेपालको जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

नेपालले चौथो ओभरको पाँचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । त्यस्तै रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहराले आज कुनै रन बनाउन सकेनन् ।

मलेसियाका लागि माहेम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट लिएका थिए । त्यसैगरी  मोहम्मद आमिर २४, हैकवाल मोहम्मद १२, वान इमिरुन ११, अहमद अकमल आलिफले १०, तनिस आरोह ७, विश्वरुवेन कुमार ३ रन बनाएर आउट भए ।

नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी,राशिद खान र कमल सिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्