Logo
१५ बैशाख २०८१, शनिबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालको कसिलो बलिङ

काठमाडौँ :  मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाल अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । आयोजक टिम मलेशियाक क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले १७ ओभरमा ४९ रन खर्चिँदै मलेसियाको ४ विकेट लिन सफल भएको छ । नेपालका लागि सागर ढकालले २, कमलसिंह ऐरी र कुशल मल्लले १- १ विकेट लिएका छन् ।

समूह चरणमा नेपाल समूह विजेता बनेको थियो । तसर्थ नेपालले घरेलु मैदानमा मलेसियालाई पराजित गरेर  उपाधि होड आफ्नो नाममा राख्न चाहेको छ ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्