Logo
|| July 7, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्तिक र जाह्नवी दाजुबहिनीका रुपमा एकसाथ देखिँदै

मुम्बई :  करण जोहरको सुपरहिट फिल्म ‘दोस्ताना’ को सिक्वेल बन्ने खबरले बलिउडमा हलचल मच्चिएको छ । फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपूरको शीर्ष भूमिका हुने भनिएको छ ।

दर्शकले यी दुईको अनस्किृन केमेष्ट्रीको प्रतीक्षा गरिरहेका छन् । तर फिल्ममा भने यी दुई जोडीका रुपमा नभइकन दाजुबहिनीका रुपमा देखिने भारतीय मिडियाले लेखेका छन् । अत: मिडिया रिपोर्टका अनुसार कार्तिक र जाह्नवी ठूलो पर्दामा दाजुबहिनीका रुपमा देखिने बताइएको छ ।

खबरका अनुसार जाह्नवीको अपोजिटमा कुनै फ्रेस कलाकार हुनेछन् । तर फिल्म टिमले भने जाह्नवीको अपोजिटमा कुन कलाकार रहन्छ भन्ने जानकारी दिएको छैन ।

प्रकाशित मिति: २२ असार २०७६, आईतवार १८:३५

प्रतिक्रिया दिनुहोस्