Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरिया जाँदै गरेको जहाज ब्रिटेनको कब्जामा, इरान बन्यो क्रुद्ध

एजेन्सी : ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

जुलाइ ४ मा जिब्राल्टरमा ब्रिटेनको रोयल मरिन्स(नौसेना)ले ‘ग्रेस वन’ नाम गरेको इरानी ‘सुपर ट्यांकर’ कब्जामा लिएपछि ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको हो ।

ब्रिटेनको नौसेनाले ट्याकंरमा रहेको तेल सिरिया लगिँदै गरेको आशंका कब्जामा लिएको हो । सिरियासँग व्यापार गर्न युरोपेली प्रतिबन्ध रहँदै आएको अवस्थामा उसलाई ढुवानी गर्न लागेको तेल कब्जामा लिइएको ब्रिटेनको विदेश मन्त्रालयले बताएको छ ।

उता आफ्नो तेल ट्यांकर कब्जामा लिएको घटनाबाट इरान क्रुद्ध बनेको छ । यस घटना लगतै इरानको सरकारले तेहरानस्थित ब्रिटिश राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको थियो ।

यस घटनाको इरानका कयैन तप्का व्यापक विरोध भइरहेको छ । राजनीतिज्ञदेखि विभिन्न उच्च पदस्थ अधिकारीले ब्रिटेनमाथि जवाफि कारबाही गरिनुपर्ने माग गरिरहेका छन् ।इरानको संसदका सचिव मोहसिन रजाइले जुलाई चारमा कब्जा गरिएको सुपर ट्याकंर लण्डनले नछाडेमा तेहरानले पनि ब्रिटेनको एउटा तेल ट्यांकर कब्जामा लिनुपर्ने बताए ।

जलाई पाँचमा ट्वीट गर्दै मोहसिन रजाइले भनेका छन् ,‘इरानले कहिले द्वन्द सुरु गरेको छैन तर उसमाथि अभद्र व्यवहार गरिन्छ भने उसलाई त्यसको गतिलो जवाफ दिन आउँछ । ’

इरानको रिभोल्यूशनरी गार्डका पूर्व कमाण्डरले पनि ब्रिटेनले इरानको तेल ट्याकंर नछाडेको अवस्थामा ब्रिटेनको तेल जहाज कब्जामा लिनु इरानी अधिकारी जिम्मेबारी हुन आउने बताएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले यस कदमलाई ‘समुन्द्री डाकूले गर्नेजस्तो व्यवहार’ भनेका छन् । विहीबार विहान जिब्राल्टरको बन्दरगाहमा ब्रिटेनका रोयल मरिन्सको सहयोबाट इरानी तेल ट्याकंर कब्जामा लिइएको थियो ।

प्रकाशित मिति: Jul 6, 2019

प्रतिक्रिया दिनुहोस्