Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार

काठमाडौं : मेगा रेमिट सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले बेलायतमा पनि विस्तार गरेको छ ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसिइ मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमिट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।

यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्