Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा पनि फैलियो सिरिन्ज आक्रमणको त्रास

जनकपुरधाम : सिरिन्ज आक्रमणका घटनाले आम मानिसहरुमा त्रास बढिरहेका बेला धनुषामा एकजना शिक्षकमाथि पनि सिरिन्ज आक्रमण भएको छ ।

जिल्लाको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका-५ को बलुवा नदी नजिकै अपरिचित व्यक्तिले सुई जस्तो तिखो बस्तुले घोचेर भागेको शिक्षक मदनमणि अधिकारीले बताए ।

’भारतीय नम्बरको मोटरसाइकलमा ती व्यक्ति आएका थिए’, धनुषाधाम घर भएका उनले भने, ’पहिले मोटरसाइकल रोक्न इशारा गरे । त्यसपछि गाली गर्दै दायाँ हातमा सुई घोचेर भागे ।’ सुईले घोचेपछि आफू एकछिन बेहोस बनेको उनले सुनाए । ’होस खुल्दा ती ब्यक्ति भागिसकेका थिए’, उनले भने, ’त्यसपछि विद्यालय नगइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराएँ ।

तर डाक्टरले उनीमाथि केले घोचियो भन्ने ठम्याउन सकेका छैनन् । उनलाई चिकित्सकहरुले समस्या आए पुनः अस्पताल आउन भनेको जानकारी दिए। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले सिरिन्ज आक्रमण नै भएको भनेर पुष्टि भइनसकेको कारण घटनाबारे अनुसन्धान सुरु गरिएको बताए ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्