Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो चरणको जागरण अभियानको समीक्षा गर्दै कांग्रेस

काठमाडौं :  नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियानमा देशभरका केन्द्रीय प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटाइएका ७७ वटै जिल्लाका प्रतिनिधिसँग बुधबार छलफल गर्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको जागरण अभियानमा खटिएकाहरुसँग अभियानबारे समिक्षा गने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

छलफल अहिले केहिवेरमा सुरु हुँदैछ । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्नेछन् ।

कांग्रेसको पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते सुरु भई जेठ २५ गते सम्पन्न भएको थियो । दोस्रो चरणको अभियान आगामी भदौ २४ गते (बिपी जयन्तीका दिन) सुरु गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्