Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइसिसी क्रिकेटमा आज उपाधी दाबेदार इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै

वेल्स :  इंग्ल्याण्डको लर्डसमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । सो खेलमा दुई उपाधी दाबेदार राष्ट्र इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टिम जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । दुवै टोली जित निकालेपश्चात् सेमिफाइनल आ-आफ्नो स्थान बनाउने सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।

घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ भने अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड चौंथो स्थानमा छ भने ६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

तर, इंग्ल्याण्डलाई अष्ट्रेलियाविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन । तर विडम्बना के छ भने अस्ट्रेलियालाई हराउन यति सजिलो छैन । घरेलु टिम इंग्ल्याण्डले समझ्दारीका साथ खेल्ने हो भने यो बाजी नमार्ला भन्न सकिँदैन ।

अष्ट्रेलिया शीर्ष स्थानमा रहेको न्युजिल्याण्डभन्दा मात्र १ अंकले पछि छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्