Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा बैठक विवादमा

काठमाडौं :  झापाको शिवसताक्षी नगरपालिका नगरपालिकाको यही १० असार २०७६ हुन लागेको नगरसभा बैठकको प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा विवादमा परेको हो। शिवसताक्षी नगपरपालिकाको नगरसभा तथा आर्थिक वर्ष २०७६-०७७ को नीति कार्यक्रम प्रस्तुत हुने नगरसभाको प्रमुख अतिथिको बिषयमा नगरप्रमुख र बहुमत सदस्यबीच मतभेद भएको हाे ।

बैठकमा मेयर चन्द्रकुमार शेर्माले महान्यायाधिवक्ता अग्नि खरेललाई नगरसभाको प्रमुख अतिथि बनाउने प्रस्ताव राखेका थिए। मेयर शेर्माको प्रस्तावलाई उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतले मात्रै समर्थन जनाएका थिए । तर, तीनजना बाहेक सबै नगरसभा सदस्यले यस क्षेत्रबाट निर्वा्चित एलपी सावाँ लिम्बूलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राखेका थिए।

बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेत लगायत बहुमत सदस्यले भने नगरसभा बैठकमा क्षेत्रबाट निर्वा्चित संसदलाई बनाउनुपर्ने भन्दै अडान लिएपछि बैठक बिनानिर्णय सकिएको थियो। बहुमत सदस्यहरुले भने नगरपालिकाका विकासमा नगरपालिका र निर्वा्चित संसदको समन्वय जरुरी रहेको भन्दै प्रमुख अतिथि पनि सांसद साँवालाई बनाउनुपर्ने तर्क राखेका थिए ।

प्रमुख अतिथि विवाद भएपछि ५ असार २०७६ मा बस्नु पर्ने नियमित बैठक र ८ असारमा नगरसभाको तयारी सम्बन्धमा बस्नुपर्ने बैठक समेत स्थगित भएको छ । नगरसभाले भने प्रमुख अतिथिको बिषयमा निर्णय गर्न सकेको छैन तर मेयर शेर्माले भने अग्नी खरेललाई प्रमुख अतिथिको निम्तो दिइसकेका छन्।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्