Logo
१५ बैशाख २०८१, शनिबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षकी बालिकाको गोडा चुम्दा ट्रोलको शिकार भइन् शिल्पा

मुम्बई :  बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छिन् । ‘सुपर डान्सर च्याप्टर -३’ को जज रहेकी शिल्पाले एक प्रतिस्पर्धीको गोडा चुमिरहेको तस्विरका कारण सोसल मीडियामा उनको फोटो भाइरल भएको हो ।

‘सुपर डान्सर च्याप्टर-३’ को फाइनल एपिसोडमा उनले ६ वर्षीय प्रतिस्पर्धी रुप्साको गोडा चुमेपछि तस्विर सामाजिक सञ्जालभरी छाएको छ । उनको फलोअर्समध्ये केहीले उक्त तस्बिर देखेपछि उनलाई ‘ड्रामा क्विन’ भनेर संज्ञा दिएका छन् भने कतिपयले उनको तारिफ पनि गरेका छन् ।

‘सुपर डान्सर च्याप्टर-३’ को फाइनल एपिसोड आउँदो आइतबार प्रशारण हुँदैछ । उक्त ग्राण्ड फिनालेमा शिल्पाले भरतनाट्यम नृत्य प्रस्तुत गर्नेछिन् । यो कुरा उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘म आफ्नै पुरानो अवतारमा छु जुन अवतारबाट मैले शुरुवात गरेकी थिए । भरतनाट्यम मैले ३० वर्षपछि गरेकी हुँ ।’

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्