Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा १४ जनाको मृत्यु, ५० घाइते

नयाँ दिल्ली :  भारतको राजस्थानस्थित बाडमेरमा आइतबार अपरानह तीव्र गतिमा आँधी र वर्षा आएको हो । उक्त आँधीका कारण धार्मिक कार्यमा संलग्न कम्तिमा १४ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार जसोल गाउँको धाममा कथा सुनाउनका लागि ठूलो पण्डाल लगाइएको थियो । कार्यक्रममा राम कथा सुन्न सयौँ मानिसहरुको उपस्थिति थियो । सोही कामका लागि लगाइएको पण्डाल हावाहुरीका कारण खस्दा मानिसहरुको भागदौड मच्चिएको थियो जसमा परेर केही मानिसहरुको ज्यान गएको हो भने केही घाइतेको अवस्था नाजुक रहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई ५ लाख र घाइतेका परिवारलाई २ लाख रुपियाँ दिने घोषणा गरेका छन् । (बीबीसी)

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्