Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किमलाई ट्रम्पको ‘उत्कृष्ट’ चिठी

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई व्यक्तिगत चिठी पठाएका छन् । उक्त चिठीलाई किमले ‘उत्कृष्ट भनेका छन् ।

नेता किमले ट्रम्पको चिट्ठीलाई ‘उत्कृष्ट’ भनेको र त्यसमा रहेको विषयवस्तु मनपराएको तथा त्यसमा सोचविचार गरेको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । यस्तै किमले अमेरिकी राष्ट्रपति ट्रम्पको असाधारण प्रयास तथा साहसको पनि प्रशंसा गरेको जनाइएको छ ।

जुनको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमबाट आफूले सुन्दर चिट्ठी पाएको बताएका थिए । ट्रम्पले कहिले र कसरी आफ्नो चिट्ठी किमलाई पठाएको भन्ने खुलेको छैन । यसबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले केही बताएको छैन ।

गएको फेब्रुअरीमा भियतनाममा भएको ट्रम्प-किम वार्ता बिना सहमति टुंगिएको थियो । त्यसपछि रोकिएको संवाद पुनः सुरु गर्ने प्रयासका रुपमा ट्रम्प–किमबिचको पछिल्लो पत्र-व्यवहारलाई हेरिएको छ ।

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्