Logo
१५ बैशाख २०८१, शनिबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा पनि सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

चितवन : भरतपुर महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालले शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गरेसँगै कार्यक्रम सुरु भएको घोषणा गरिएको हो ।

रोजगारी आम नागरिकको संवैधानिक अधिकार भएको उनले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् । ‘पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन भरतपुर महानगरपालिका योजनाबद्ध ढंगले अगाडि बढिरहेको छ’ मेयर दाहालको भनाई छ ।

उनले सरकारी, निजी र सहकारीसँग सहकार्य गरी बेरोजगार श्रम शक्तिको ज्ञान, सीप र क्षमताको आधारमा नयाँ नयाँ श्रम क्षेत्रको खोजी गर्दै अगाडि बढ्ने पनि बताइन् ।

भरतपुर महानगरपालिकाले महानगरपालिकाका २९ वटै वडामा कार्यक्रम गर्ने र वडामा परेका बेरोजगार निवेदन, वडाको अबस्था, बेरोजगारको चाहना बमोजिम पहिलो चरणमा तीन सय ८४ जनालाई रोजगारी दिने भन्दै सुरूवात वडा नं २१ र २२ बाट आजैदेखि सुरु भएको घोषणा पनि गरिन् ।

‘४ हजारको हाराहारीमा बेरोजगार निवेदन महानगरपालिकामा परेका छन् । आगामी दिनहरूमा यसको ब्यवस्थापन गर्दै लगिन्छ’ उनको भनाई छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभ लिन सबैलाई आग्रह गरे

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्