Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरको मिष्ठान भण्डारमा आगलागी, ३ वटा पसल जलेर नष्ट

जनकपुर :  एकाविहानै जनकपुर स्थित एक होटलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटल पूर्णरुपमा नष्ट भएको छ ।

विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ । ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको छ ।

होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाविहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए । सोहि समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो ।

त्यसपछि आगोको मुस्लोधार नै देखियो भने निरन्तररुपमा सोहि स्थलमा राखिएको अन्य ग्यास सिलिण्डर समेत विस्फोट भयो । सोको आवाज अत्याधिक शक्तिशाली थियो । जसले गर्दा सो वरपरका सर्वसाधारणहरु जागेर घटनास्थल तर्फ दौडेको स्थानीयवासीहरुले बताए ।

घटनास्थलमा प्रहरीहरुको टोली पुगेर घटनामा केकति क्षति भए यकिन विवरण अनुसन्धान गरी थप पुष्टि गर्ने धनुषा प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्