Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई मालपोत कार्यालयमा कालो झण्डा देखाउने २ जना पक्राउ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन् । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए । पूर्व्निर्धा्रित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए ।

उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्