Logo
१५ बैशाख २०८१, शनिबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईलाई थाहा छ, पाद्नुका पनि यति धेरै फाइदा छन्

संसारमा कोही त्यस्तो व्यक्ति छैन होला जसले पाद्दैन । पाद्नु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो । तर पनि हाम्रो समाजमा यसलाई नराम्रोे दृष्टिले हेरिन्छ । सार्वजनिक स्थलमा पाद्नु असभ्यताको प्रतीक मानिन्छ ।

यद्यपि आशचर्यको कुरा के छ भने, पाद्नुका पनि फाइदा छन् जुन यसप्रकार छन् :

१. पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो हो : पाद रोक्नु हुँदैन भन्छन् । पाद रोक्नाले ठूलो आन्द्रालाई हानि पुर्याउँछ ।

२. पादले ग्यास घटाउँछ : पादेपछि शरीरभित्र जम्मा भएका जति पनि विषालु ग्यास बाहिर जान्छ र शरीरलाई थप आराम मिल्छ ।

३. यो रोगको लक्षण हो :  चिकित्सकहरुका अनुसार पादको गन्ध, प्रकार र आवाजबाट यो सामान्य हो वा ठूलै रोगको लक्षण हो भनेर पनि थाहा पाउन सकिन्छ । धेरै पाद आउन भनेकोे गम्भीर शारीरिक रोग, यति सम्मकि कहिलेकाहिँ ठूलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ ।

४. गन्धले फाइदा गर्छ :  अनुसन्धानहरुका अनुसार पाद्द आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ । कोषको क्षय रोकेर कहिलेकाहिँ हृदयरोगजस्तो जटिल रोगबाट पनि पादले बचाउँछ ।

५. स्वस्थ्य ब्याक्टेरियाको प्रमाण :  पाद आउनु भनेको पेटमा स्वस्थ्य ब्याक्टेरिया छ भन्ने प्रमाण हो ।

६. सन्तुलित भोजनको आवश्यकता बोध :  पादकै कारण कुन खानाले पाद बन्दोरहेछ र कुन खानाले पाद बन्दोरहेनछ भन्ने थाहा पाउँछ । यसले सन्तुलित भोजन छनोट गर्न सजिलो हुन्छ ।

७. एकदमै आनन्द आउँछ :  पाद्नुको आनन्द पादिसकेपछि नै थाहा हुन्छ । कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन् ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्