Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा वृद्धि, चाँदी भने कायमै

काठमाडौं : आज सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (आइतबार)को तुलनामा छापावाल सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य ६३ हजार प्रतितोला थियो ।

सोमबार तेजावी सुनको मुल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तेजावी सुनको मुल्य ६२ हजार ८ सय प्रतितोलामा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार ७ सय रहेको थियो ।

चाँदीको मुल्य भने यथावत् रहेको छ । सोमबार प्रतितोला चाँदीको मुल्य ७ सय २० रुपैयामा कारोवार भइरहेको छ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्